नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्यमा मन्त्री विश्वकर्माले उम्मेदवारी दिने

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन यहि मंसिर २४ गते देखि २७ गते सम्म हुँदैछ । काङ्ग्रेसको नया कार्य समिति चयनका लागि नेताहरू उम्मेदवारी दिने घोषणा गरिरहेका छन ।

गण्डकी प्रदेशका बिना बिभागिय मन्त्री डोबटे विश्वकर्माले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । दलित समुदायका तथा बिपन्न बर्गको उत्थानकै क्रममा राजनितीमा होमिएका उनी राजनितीको कदमलाई अगाडि बनाउदै आईरहेका छन् । मन्त्री विश्वकर्माले १४ औं महाधिवेशनमा दलित तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

गरिब तथा निमुखाको लागि काङ्ग्रेसले गरेको आन्दोलनलाई सार्थकता बनाउन आफुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लगेको समेत जानकारी दिएका छन ।उनले धनको लोभलालचमा नपरी स्वाच्छ राजनीतिकलाई बचाइ राख्न र बि.पि. को धारणालाई कार्यन्वयनमा ल्याउन उम्मेदवारी रहेको स्पष्ट परेका छन।

उनी क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि रहेका छन । मन्त्री विश्वकर्माले भनेक छन् सबैको सल्लाह सुझाव अनुसार केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु।साथै मिडिया तथा सबै सहयोगको अपेक्षा सहितको उम्मेदवारी दिने जानकारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?