म रामचन्द्र पोखेरल नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनका सन्दर्भमा तनहुँ जिल्ला अधिवेशन हालै उत्साह पुर्बक सम्पन्न भयो । नेपाली काङ्ग्रेसको निर्वाचनमा मलाई महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा सम्मानजनक मतका साथ बिजय गराईदिनु भएकोमा सबै क्षेत्रिय प्रतिनिधि एंब मतदाता साथीहरुलाई कृतज्ञता सहित धन्यवाद ज्ञापन गर्दछु ।
बि.स. २०१७ सालमा सम्पन्न महाधिवेशन र २०४८ सालदेखि १४ औं महाधिवेशन सम्मको मेरो राजनीतिक यात्रामा ती दिनहरु अत्यन्त कठिन घडीहरुमा यहाँहरु सबैको अमुल्य साथ र सहयोग रहेकोले म यहाँ सम्म आईपुग्न सफल भएको हुँ ।म र अग्रजहरु र यहाँहरु प्रती कृतज्ञता व्यक्त गर्दछु । आज म सहिदहरुलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्दै १४ औं महाधिवेशनमा केन्द्रीय कार्यसमितिको सदस्य पदमा मेरो उम्मेदवारी रहेने संकाल्पको घोषणा गर्द्छु।
तनहुँ नेता पोखेरल मंगलबार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरी उनले उम्मेदवारीको घोषणा गरेका हुन्।सो अवसरमा उनले भनेका छन् ‘यसपटक जित र हारको प्रवाह नगरी केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेको छुl
संविधान सभाका सदस्य समेत रहेका उनी महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?