आईपीएल: कोलकाताले दिल्लीलाई १०६ रनले हरायो

दिल्ली : इण्डियन प्रिमियर लिग (आईपीएल) बुधबार राति सम्पन्न खेलमा कोलकाता नाइट राइडरले दिल्ली क्यापिटललाई १०६ रनले पराजित गरेको छ। कोलकाताले दिएको २७३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा दिल्ली १६६ रनमा अलआउट भएको हो।

पहिले ब्याटिङ गरेको केकेआरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनायो। केकेआरका लागि सुनिल नराइनले ३९ बलको सामना गर्दै सर्वाधिक ८५ रन बनाए।

यस्तै अंकृश रघुवंशीले ५४ रन बनाए भने आन्द्रे रसेलले ४१ रन प्रहार गरे। रिंकु सिंह २६ रन बनाएर आउट हुँदा फिल साल्ट र श्रेयस एैय्यरले १८/१८ रन जोडेका थिए।

२७४ रनको लक्ष्य पछ्याएको दिल्ली भने १६६ रन बनाएर १७.२ ओभरमै अलआउट भयो। डीसीका लागि कप्तान ऋषव पन्तले ५५ र त्रिस्तान स्टुब्सले ५४ रनको योगदान दिए। अन्य ब्याट्सम्यान खासै चल्न नसक्दा दिल्ली पराजित हुन पुग्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?