दमौलीमा चैत ३० गते नयाँ बर्ष सांगीतिक साँझ हुँदै, दुर्गेश थापा आउने

दमौली : होटल व्यवसायी संघ तनहुँले चैत ३० गते दमौलीमा नयाँ बर्ष सांगीतिक साँझ गर्ने भएको छ । संघले नेपाली नयाँ वर्षको अवसर पारी चैत ३० गते सांगितिक सॉझ आयोजना गर्न लागेको हो ।

सोमबार दमौलीमा पत्रकार सम्मेलन गर्दै संस्थाले बिगतका बर्षमा जस्तै यसबर्ष पनि नयाँ बर्षको अवसरमा सांगीतिक साँझ आयोजना गर्न लागेको होटल व्यवसायी संघका अध्यक्ष गिरबहादुर थापालले जानकारी दिए  ।

थोरै पैसामा दमौलीमै रमाउन सक्ने वातावरण सिर्जना गर्नका लागि कार्यक्रम गर्न लागेको  संघका निवर्तमान अध्यक्ष एवं प्रदेश उपाध्यक्ष दुर्गाविलास भट्टराई बताए ।

कार्यक्रममा चर्चित गायक दुर्गेश थापा साथै स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको  छ । उक्त कार्यक्रमका लागि रु दुई सय टिकट शुल्क निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?