बाग्लुङको गलकोटले उचाल्यो ऋषिङ अध्यक्ष कप शुक्लागण्डकी उपविजेता

ऋषिङः बाग्लुङको गलकोट नगरपालिकाको भलिबल टिमले ऋषिङ अध्यक्ष कप उचालेको छ ।

ऋषिङ गाउँपालिकाको आयोजनामा सञ्चालित गरेको दोस्रो पालिकास्तरीय ऋषिङ अध्यक्ष कप भलिबल प्रतियोगिता अन्तर्गत  बुधवार भएको फाईनल खेलमा बाग्लुङको गलकोटले शुक्लागण्डकी लाई हराउँदै उपाधि उचालेको हो ।

त्यस्तै प्रतियोगितामा स्याङजाको बिरुवा गाउँपालिका तृतिय र तनहुँको  भिमाद नगरपालिका सान्त्वना भएको  ऋषिङ गाउँपालिकाका लेखा प्रमुख रमेश ढकालले जानकारी दिए ।

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथोले हुने क्रमशः एक लाख ४० हजार रुपैयाँ, एक लाख रुपैयाँ, ६० हजार रुपैयाँ र ३० हजार रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छन् । उत्कृष्ट खेलाडीलाई पनि नगद सहित पुरस्कृति गरेको छ ।

शनिबारदेखि सुरु प्रतियोगितामा तनहुँको व्यास नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, घिरिङ गाउँपालिका, स्याङ्जाको बिरुवा गाउँपालिका, पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका, कास्कीको मादी गाउँपालिका, रुपाकोट गाउँपालिका, बागलुङको गलकोट नगरपालिका, नवलपुरको बौदीकाली गाउँपालिका गरी १६ टिमले सहभागिता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?