दमौली : तनहुँको ऋषिङ गाउँपालिकाले आयोजना गरेको पाठेघरको मुखको क्यान्सरसम्बन्धी दुईदिने निःशुल्क स्क्रिनीङ्गमा चार सय २१ जना महिलाले परीक्षण गराएका छन् ।
गाउँपालिका-७ को वडा कार्यलय र ऋषिङ-२ काहुँशिवपुर स्वास्थ्य चौकीमा भएको निःशुल्क स्वास्थ्य शिविरमा चार सय २१ जनाले सेवा लिएको हो ।
गाउँपालिकाको आयोजनामा चैत्र २६ र २७ गते दुई दिन सम्म संचालन भएको शिविरको काठमाडौं टोखा स्थित तुलसीमाया मेमोरियल क्यानसर रिफिल प्रतिष्ठानको सहकार्य गरेको थियो ।
महिलाको स्वास्थ्यलाई मध्यनजर गर्दै पाठेघरको क्यान्सरबारे स्क्रिनीङ्ग गर्न निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको ऋषिङ गाउँपालिका-२ का वडाध्यक्ष दल बहादुर थापाले जानकारी दिए ।
पछिल्लो समय क्यान्सर रोगसम्बन्धी बिरामीहरू बढ्दै गइरहेको हुँदा सोसम्बन्धी महिलाको स्क्रिनीङ्ग गर्न निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष घिनु माया थापा बताईन ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?