गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको छ ।
मुख्यमन्त्री पोखरेलले बुधवार साँझ आयोजित एक कार्यक्रममा पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको घोषणा गरेको हो । बिपी कोइरालाको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउन एक पटक केन्द्रीय समितिमा रहेर काम गर्न चाहेको मुख्यमन्त्री पोखरेलको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?