श्रम तथा रोजगारका क्षेत्रमा युवाहरु ठगिने दिन अब गए; मन्त्री श्रेष्ठ

दमौली : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रम तथा रोजगारका क्षेत्रमा युवाहरु ठगिने दिन अब गएको बताए  । तनहुँको व्यास–५ पाटनमा आयोजित  प्रथम दमौली पाटन साँस्कृतिक एवं  पर्यटन महोत्सवको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले आफुले नेतृत्व गरेको मन्त्रालयले सबैलाई न्याय दिने बन्दै त्यस्ता श्रम तथा रोजगारका क्षेत्रमा ठग्ने  दलालहरुलाई  ठेगान लगाउँने प्रतिबद्धता व्यक्त गरेका  छन्   ।

मन्त्री श्रेष्ठले नेपालबाट वैदेशिक रोजगारमा जाने ९७ प्रतिशत युवाहरु सीप बिना नै विदेश जाने गरेका कारणले  ति युवाहरुलाई सीप सिकाएर मात्रै विदेश पठाउन लागि  सात वटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्ने तयारी रहेको  बताए ।

त्यसैगरी  मन्त्री श्रेष्ठले नेपालबाट वैदेशिक रोजगारीमा जाने सबै श्रमजीवि  र श्रमिकहरु बुझेर मात्र विदेश जानका लागि आग्रह   गरेका छन् । त्यस्तै आफ्नो कार्यकालमा  श्रमजीवि युवा र श्रमिकहरुको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?