काठमाडौं । कांग्रेसमा १४ औं महाधिवेशनको लागि चार हजार सात सय ४३ महाधिवेशन प्रतिनिधिकाे अन्तिम टुंगो लागेको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको लागि अन्तिम नामावलीको टुंगो लागेको जानकारी दिए ।
‘अब कांग्रेसको महाधिवेशन प्रतिनिधिको संख्या ४७४३ भएको छ ।’ १६४ निर्वाचन क्षेत्र प्रत्येकबाट २५ का दरले, केन्द्रीय सदस्य, भ्रातृ शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिसहितका गरी महाधिवेशन प्रतिनिधिको टुंगो लागेको हो ।
तेसो अब कांग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो यिनै महाधिवेशन प्रतिनिधिले लगाउने जनाएको छ ।
कांग्रेसमा शुक्रबार १४ औं महाधिवेशनको उद्घाटन भएको छ ।
अब शनिबार उम्मेदवारी मनोनयन, आइतबार नाम फिर्ता गर्ने र सोमबार मतदान हुने कार्यसूची रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?