फोनिज तनहुँको अध्यक्षमा किरण सर्वसम्मत चयन

दमौली: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तनहुँ शाखाको अध्यक्षमा किरण श्रेष्ठ सर्वसम्मतरुपमा चयन भएको छ । तनहुँ शाखाको चौथो जिल्ला अधिवेशनबाट श्रेष्ठलाई अध्यक्षतामा चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा ममता गुरुङ, सहसचिवमा सुबिना थापा मगर, कोषाध्यक्षमा संजय श्रेष्ठ , सदस्यहरुमा एलोज श्रेष्ठ,मिलन तामाङ, मोहनराज आले ,  करुणा थापा,नुक्त भुजेल , करिश्मा गुरुङ रहेका छन्।

कार्यक्रममा आदिवासी जनजाति महासंघ तनहुँकी अध्यक्ष बसुन्धरा घर्ती , फोनिजका केन्द्रीय सदस्य मिला दरै , नेपाल पत्रकार महासंघ तनहुँ शाखाकी कोषाध्यक्ष बिमला कँडेल, प्रेस चौतारी तनहुँका अध्यक्ष नारायण खड्का, प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्की , प्रेस सेन्टर तनहुँका अध्यक्ष साने बहादुर नेपाली, फोनिजका पूर्व अध्यक्ष बिष्णु मक्की मगर  लगायतले शुभकामना मन्तव्य राखेका  थिए ।

फोनिजको  केन्द्रीय प्रतिनिधिमा बिष्णु मक्की मगर सन्तोषी श्रेष्ठ, राजकुमार श्रेष्ठ र तम बहादुर धामी निर्वाचित भएका छन् भने प्रदेश प्रतिनिधिमा प्रताप राना मगर , राजकुमार श्रेष्ठ,शुशिला थापा मगर , राजकुमार आले, सुमन श्रेष्ठ निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?