जेठ १ गतेदेखि व्यास नगरभित्र प्लास्टिक झोला निषेध

व्यास नगरपालिका

दमौली : तनहुँको व्यास नगरपालिकाले ‘प्लाष्टिकमुक्त अभियानसम्बन्धि कार्यविधि’ २०८१ पारित गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको नगरकार्यपालिका बैठकले आगामी जेठ १ गतेदेखि नगरलाई प्लाष्टिक झोलामुक्त बनाउने अभियान उद्देश्यसहित कार्यविधि पारित गरिएको प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।

आगामी जेठ १ गतेदेखि प्लाष्टिक झोलामुक्त अभियानलाई कडाईपूर्वक पालना गराउन उक्त कार्यविधि पारित गरिएको प्रवक्ता  गुरुङले बताए ।

नगरपालिकाभित्र सबै प्रकारका प्लाष्टिक झोला प्रयोगमा पूर्णरूपमा निषेध गर्ने निर्णय भएकाले सामान खरीदगर्दा कपडा, फाइबर, जुट वा कागजको झोलामात्र प्रयोग गर्न नगरपालिकाले नगरबासीलाई आग्रह गरेको छ ।

नगर प्रमुख बैकुण्ठ न्यौपानेले प्लाष्टिक झोलामुक्त व्यास नगर अभियान सफल बनाउने दायित्व सबै नगरबासीको भएकाले सबैले सूचनाको पालना गर्ने विश्वास व्यक्त गरे ।

नियमानुसार नगरिए प्लाष्टिक झोला जफत गरी नियमअनुसार जरिवाना गर्ने व्यवस्था रहेकाले अभियानलाई सफल बनाउन सबै तह र तप्काबाट सक्रिय असहभागिता हुने अपेक्षा गरिएको उनको  भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?