पछिल्लाे २४ घण्टामा नेपालमा सात हजार दुई सय ११ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो संक्रमण नेपालमा हालसम्मकै सर्वाधिक हो। परीक्षण गरिएकाे सङ्ख्या र सङ्क्रमण पुष्टि भएकाे सङ्ख्यालाई प्रतिशतमा हेर्ने हाे भने पछिल्लाे २४ घण्टामा परीक्षण गरिएकामध्ये झन्डै ४३ प्रतिशतमा काेराेना पुष्टि भएकाे हाे ।
यस्तै काेराेना सङ्क्रमणका कारण थप २७ जनाको ज्यान गएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार तीन सय २५ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छ ।
यस्तै एक हजार ६ सय १२ जना निको भएर डिस्चार्ज भएका छन् । याेसँगै सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या दुई लाख ८३ हजार नाै सय ९४ पुगेकाे छ । अहिले ४८ हजार सात सय ११ जना सक्रिय सङ्क्रमित रहेकाेमध्ये चार सय ७७ जना आइसोलेशनमा र एक सय १३१ जना भेन्टिलेटरमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?