तनहुँमा चालु आवमा २ सय ७८ खारेज

दमौली : तनहुँ जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा दुई सय ७८ उद्योग खारेज भएका छन् ।आर्थिक अभावका कारण उद्योग सञ्चालन गर्न नसकिने भन्दै सम्बद्ध व्यक्तिले आवेदन गरेपछि ती उद्योगको दर्ता खारेज गरिएको हो ।

कार्यालयमा गत आवमा दुई सय १० घरेलु उद्योग खारेजीका लागि आवेदन परेको थियो । गत आवको तुलनामा चालु आवमा उद्योग खारेजका लागि धेरै आवेदन परेको उक्त कार्यालयले जनाएको छ ।

चालु आवमा कार्यालयले रु ४० लाख ४९ हजार एक सय २५ राजस्व संकलन गरेको छ । वाणिज्यतर्फ रु १९ लाख ८५ एक सय ७५ र उद्योगतर्फ रु २० लाख ६३ हजार नौ सय ५० राजस्व संकलन भएको छ ।

उद्योगतर्फका आठ सय ४० र वाणिज्यतर्फ सात सय ४१ गरी एक हजार पाँच सय ८१ घरेलु तथा साना उद्योगले नवीकरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?