
दमौली : तनहुँको व्यास नगरपालिकाले आगामी जेठ १ गतेदेखि नगरभित्र प्लास्टिक झोलामा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । नगरपालिकालाई वातावरणमैत्री नगर बनाउने उद्देश्यका साथ जेठ १ गतेदेखि सबै प्रकारका प्लास्टिकका झोला प्रयोग गर्न पूर्णरुपमा निषेध गरिएको हो ।
आइतवार पत्रकार सम्मलेन गर्दै नगरको वातावरण स्वच्छ बनाउन यो निर्णय गरिएको नगरउप-प्रमुख इन्दिरा दरैले जानकारी दिईन् । सामान खरिद गर्दा कपडा, फाइबर, जुट र कागजको झोलामात्र प्रयोग गर्न उपप्रमुख दरैले नगरवासीलाई आग्रह गरिन् ।
उनले भनिन्, ‘प्लास्टिकका झोलाले वातावरण प्रदूषित बनाइरहेको छ । यसको विकल्पमा अन्य झोलाहरू प्रयोग गर्न प्रोत्साहन गरेका छौँ ।’
व्यापारीलाई प्लास्टिक झोलाको सट्टा वैकल्पिक झोलामात्र बिक्रीवितरण गरी प्लास्टिक झोलामुक्त व्यास नगर बनाउने अभियानलाई सफल बनाउन निमित्त प्रशासकीय अधिकृत केदार आचार्यले आग्रह गरे ।
विशेषगरी मासु र तरकारी खरिदका क्रममा प्लास्टिकका झोला बढी प्रयोग हुनेहुँदा सम्बन्धित व्यवसायीलाई पनि त्यसको विकल्प खोज्नु पर्ने वन तथा वातावरण समितिका संयोजक रन सिंह नेपालीले बताए । गत आइतबार बसेको नगरकार्यपालिका बैठकले ‘प्लाष्टिकमुक्त अभियानसम्बन्धी कार्यविधि’ २०८१ पारित गरिसकेको छ ।
उत्पादन, आयात, बिक्री विरतरण तथा प्रयोग अवस्था’दयगत अनुगमन र उल्लंघन भएको पाइए जरिवाना गरिने नगरपालिकाको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?