माओवादी केन्द्र गण्डकी प्रदेशको अध्यक्षमा गुरुङ निर्वाचित

पोखरा:नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ (कुशुम) चयन हुनुभएको छ ।

२५ गते  देखि पोखरामा जारी अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्षमा  चयन गरेको हो ।

माओवादीले गण्डकी प्रदेशमा २ सय २९ सदस्यीय प्रदेश समिति बनाउने भएको छ । यसअघि २०१ सदस्यीय भनिएकोमा २८ सदस्य थपिएको हो ।

शनिबार आकांक्षीहरू धेरै भएपछि प्रदेश सदस्य मात्र निर्वाचित गरेर पहिलो बैठकबाट अध्यक्ष तोकिएको हो । आकांक्षीमा दीपक कोइराला र हरिराज अधिकारीलगायत अध्यक्षको दाबेदार रुपमा रहेको थियो  ।

त्यस्तै अब उपाध्यक्ष, सचिवसहित आठ पदाधिकारी दोस्रो  बैठकमा निर्वाचित गरिने पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?