१८ वर्ष भन्दा माथिका सबैलाई व्यासले खोप लगाउने

दमौली। व्यास नगरपालिकाले १८ वर्षमाथिका सबैलाई यही मंसिर २९ र पुस १ गते कोरोना विरुद्धको खोप लगाउने भएको छ ।

व्यास-२ स्थित केरावारी आधारभूत स्वास्थ्य केन्द्रमा भेरोसेल खोप लगाइने स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

नगरपालिकाले एक पटक पनि कोरोना विरुद्धको खोप नलगाएकालाई खोप लगाउने  जनाएको छ। त्यस्तै पहिलो मात्रा लगाएर छुट भएकालाई पनि सोही दिन दोस्रो मात्राको खोप लगाइने स्वास्थ्य शाखा प्रमुख सोतीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?