
दमौली: प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटकीय महोत्सवमा भोलि बुधबार प्रमोद खरेल आउने भएको छ । महोत्सवमा खरेल सहित पोख्रेली गायिका टिना थापा अलवा अन्य राष्ट्रिय तथा स्थानीय कलाकार तथा बिभिन्न साँस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएका छन् ।
महोत्सव स्थलमा रमाइलो मेला, होटल, अन्य घरेलु, कृषिका सामग्रीहरू, बोटे जातिको संस्कृति झल्कने घर, आदि रहेको क्लबका अमर थापाले बताएकका छन् ।
महोत्सवको आज पाँचौं दिन करिब ५ हजार भन्दा बढी दर्शकले अवलोकन गरेको थापाले जानकारी दिए ।
महोत्सव पुस ३ गतेसम्म संचालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?