कांग्रेस उपसभापति पदको मतगणना आज हुँदै 

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुधबार उपसभापति पदको मतगणना हुने भएको छ । पार्टी कार्यालय सानेपामा अपरान्ह ४ बजेपछि मतगणना हुने निर्वाचन समितिले जानकारी दिए ।

त्यस्तै उपसभापति पदको मतगणना सकिएपछि मात्र महामन्त्रीको गणना हुने बताए । कांग्रेसमा सभापति पदको नतिजा भने आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?