थप २८० जनामा संक्रमण पुष्टि: ६ जनाको मृत्यु

काठमाडौं: पछिल्लो २४ घण्टामा नेपालमा  २ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२१२ जनाको पीसीरआर परीक्षणमा २५२ जना र २,७८२ एन्टिजेन परीक्षणमा २८ जना गरी २८० जनमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३०० रहेको छ भने ६ जनाको मृत्यु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?