काठमाडौं : नेपाली कांग्रेसको १४ महाधिबेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेलले बधाई दिएका छन् । एकताबद्ध कांग्रेस निर्माण, लोकतन्त्रको रक्षा र सुशासन दिन ध्यान पुगोस् भन्दै पौडेलले देउवालाई बधाई दिएका हुन् ।
नेता पौडेलले एक विज्ञप्ति निकाल्दै लोकतन्त्र र संविधान खतरामुक्त नभएको तथा देशलाई अस्थीरतातिर धकेल्ने प्रपञ्च जारी रहेको बताउँदै पौडेलले यी खतराबाट पार लगाउन एकताबद्ध र सुदृढ कांग्रेस आवश्यक रहेकामा जोड दिएका छन् ।
पौडेल थप लेख्दै ‘यी दुवै संकटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता हो । सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस् अनि लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता पनि मिलोस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?