चर्चित गायक प्रमोदले ततायो दमौली पाटन महोत्सव

दमौली : प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सवको छैठौ दिन बुधवार चर्चित गायक प्रमोद खरेलले महोत्सव स्थल तताएको छ । खरेलले आफ्नो चर्चित गीतहरु गाउँदा दर्शकहरुलाई नाचेर साथ दिएका थिए ।

‘म बिना मुस्किल छ दमौली’ बन्दै आफ्नो गीत प्रस्तुत गर्न सुरु गरेका प्रमोदलाई दर्शकले वान्स मोर भन्दै आधा दर्जन भन्दा बढी गीत गाउन बाध्य बनाएका थिए ।

महोत्सवमा आज खरेल लगायत स्थानीय तथा राष्ट्रिय कलाकारहरुले समेत आफ्ना चर्चित गीतहरु गाएका थिए । पाटन युवा क्लबका अध्यक्ष अमर थापाका अनुसार आज छैठौं दिन ८ हजार भन्दा बढि दर्शकले महोत्सवको अवलोकन गरेको जानकारी दिए । ३ हजार भन्दा बढी व्यक्तिहरुले मादी नदी डुंगामा वारपार गरेको क्लबका अध्यक्ष थापाकाले बताए ।

साथै महोत्सवमा च्याउको मःमः, बोटेको ऐतिहासिक घर, पराशर माविका विद्यार्थीहरुले निर्माण गरेको विज्ञान सामग्रीले अझ दर्शकहरुको आकर्षणको केन्द्र बन्दै गएको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?