
दमौली : तनहुँको व्यास नगरपालिका १० स्थित दुम्सीचौरमा संचालित व्यास नगर कोभिड अस्पतालको नाम “व्यास नगर अस्पताल” राखिने भएको छ ।
सोमवार व्यास नगरपालिकाको ४१ औं नगरसभाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख बैकुण्ठ न्यौपानेले कोभिड अस्पताललाई “व्यास नगर अस्पताल” नामकरण गरिने बताए ।
उनले दमौली अस्पतालको स्तरोन्नति गर्नका लागि प्रदेश सरकारसँग सहकार्य गर्ने नीतिमा उल्लेख गरेको जनाएको छ । अस्पताललाई न्यूनतम ५० श्ययाको बनाउन पहल गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?