
काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीलाई आरोप प्रमाणित गर्न चुनौति दिएका छन् ।
ओलीले बुधबार सार्वजनिक कार्यक्रममार्फत पूर्वराजा ज्ञानेन्द्र शाहसँग माओवादी अध्यक्ष प्रचण्डले पाँचबुँदे सहमति गरेको भनेर आरोप लगाएका थिए । उक्त्त अभिब्यक्तिप्रति आपत्ति जनाउँदै प्रचण्डले बिहीबार एक वक्तव्य निकालेर ओलीलाई ‘पाँचबुँदे सहमति’प्रमाणित गर्न चुनौती दिएका हुन् ।
वक्तव्यमा सम्झौाता प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न आग्रह समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?