दमौली : तनहुँको ऋषिङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ५२ करोड २४ लाख ४ हजारको अनुमानित बजेट प्रस्तुत गरेको हो ।
गाउँसभाको १६ औं अधिवेशनमा सोमबार बजेट प्रस्तुत गदै उपाध्यक्ष गिनुमाया थापाले आगामी आर्थिक वर्षका लागि उक्त अनुमानित गरिएको उल्लेख गरे । त्यस्तै पालिकाले कृषि,संस्कृति,पर्यटन र पूर्वधारलाई प्राथमिकतामा राखेर आगमी वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
गाउँसभामा अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले “ऋषिङ समृद्धिको आधार : कृषि,संस्कृति,पर्यटन र पूर्वधार” भन्ने नारालाई प्राथमिकतामा राखिएको उल्लेख गरे । उज्यालो ऋषिङ,खरको छानोमुक्त, ऋषिङ फर्क, एक वडा एक उत्पादन, सासु सँगै बुहारी जस्ता अभियान र कार्यक्रमलाई थप व्यवस्थित गरि निरन्रता दिनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाईएको उनले बताए ।
त्यस्तै अध्यक्ष श्रेष्ठले बाँझो जग्गाहरुको उपयोग निति,उत्कृष्ट विद्यार्थीलाई निःशुल्क शिक्षा सँगै विभिन्न आयोगको तयारी कक्षा सञ्चालन गर्न गाउँपालिका तयार रहेको उल्लेख गरे ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?