दुई तिहाइ र ४२ प्रतिशतमत ल्याउदै कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित  

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।गगनले खसेको मतको झन्डै दुई तिहाइ मत पाए भने विश्वप्रकाशको पक्षमा ४२ प्रतिशत मत आएको छ।

कुल ४६८२ मत मध्ये गगनले ३०२३ मत पाएका छन् भने विश्वप्रकाशले १९८४ मत पाएका छन्।

त्यस्तै उनीहरुका प्रत्यासीहरु  प्रकाशशरण १५५६ मत ,प्रदीप पौडेलले १३९३ मत ,मीनेन्द्र रिजालको ८०९ र राजाराम कार्कीको १०६ मत प्राप्त गरेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?