दमौली :तनहुँमा कोरोना संक्रमितको संख्या फेरि बढेको छ ।
जिल्ला स्वास्थ्य कार्यलय तनहुँका अनुसार विभिन्न प्रयोगशालामा परीक्षण गर्दा तनहुँमा १२ जना संक्रमित थपिएको जनाएको छ।
जस्मा व्यास नगरपालिकाको १ जना , भानु गरपालिकाको २ जना, बन्दीपुर गाउँपालिकाको ८ जना र अबुखैरेनी गाउँपालिकाको १ जना गरि पछिल्लो २४ घन्टामा जिल्लामा १२ जना व्यक्तिहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय तनहुँले जानकारी दिए ।
पछिल्लो २४ घन्टामा तनहुँमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या शुन्य रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?