दमौली : २२ औं अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको पूर्व सन्ध्यामा तनहुँको दमौलीमा दीप प्रज्वलन गरिएको छ। सुरक्षित आप्रवासन परियोजना (सामी) जिल्ला शाखा तनहुँको आयोजनामा शुक्रवार साँझ दीप प्रज्वलन गरिएको हो ।
“सीपमूलक र सुरक्षित रोजगार मर्यादित श्रम आप्रवासीको मुल आधार ” भन्ने मूल नाराको साथ विश्व आप्रवासन दिवसको पूर्व सन्ध्यामा कार्यक्रम आयोजना गरेको जिल्ला शाखाका परियोजना प्रमुख लुना रानाले जानकारी दिए ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख पवित्रा पौडेल , तनहुँका परियोजना प्रमुख लुना राना , अन्य पदाधिकारी र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?