
दमौली : तनहुँको व्यास नगरपालिका -१४ स्थित प्रसिद्ध छाव्दी वाराही मन्दिरमा साउन महिनाभर पूजा नहुने भएको छ । मन्दिरमा साउन महिनाभर भाकल पूजा नहुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
मत्स्य अवतार देवीको रुपमा पुजिने मन्दिरमा मत्स्य अवतार वाराही देवी साउन महिनाभर गुफा बस्ने भएकाले मन्दिरमा एक महिना पूजाआजा बन्द गरिने छाब्दी वाराही मन्दिर विकास कोषका अध्यक्ष प्रेम थापाले जानकारी दिए।
हरेक वर्ष जस्तै साउन महिनाभर मन्दिरमा भाकल पुजा स्थगित भै साउनको अन्तिममा बहाली पुजा पश्चात पुनः संचालन हुनेछ।
त्यस्तै मन्दिरमा हरेक एकादशी र औशीमा समेत पूजाआजा बन्द हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?