दमौली : व्यास नगरपालिका ५ को पाटनमा आयोजित प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सवको आज समापन भएको छ। यही यही मंसिर २४ गते देखि संचालन गर्न गरेको महोत्सवको आज आइतवार समापन गरेको छन् ।
महोत्सव सचिवालय संयोजक दिनेश लामिछाने अनुसार ६५ हजार दर्शकहरुले महोत्सवको अवलोकन अनुमान गरेका छन । यस महोत्सव अवधिभरमा करिब ६० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको जानकारी उनले दिए ।
महोत्सवको आइतबार व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले समापन गरेका छन । सो अवसरमा बोल्दै उनले यस्ता महोत्सवले आथिक, सामाजिक, सांस्कृतिक, धार्मिक क्षत्रको विकासमा टेवा पुर्याउने बताए । नगरपालिकाले व्यास, पराशरमा आन्तरिक पर्यटन प्रबद्र्धन गर्न यस वर्ष व्यास झुलाका लागि ५० लाख विनियोजित गरिएको नगरप्रमुख न्यौपानेले जानकारी दिए।
महोत्सवमा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति, वैदेशिक रोजगार प्रबद्र्धन सम्बन्धी परामर्श, निःशुल्क स्वास्थ्य शिविर, न्यानो कपडा, होटल, भाडा, ढाका कपडा , रमाइलो मेला,विज्ञान प्रदर्शनी, सिताके च्याउ, बोटे जातिको परम्परागत घर, च्याउको मःमः दर्शकको रोजाइ बनेको पाटन युवा क्लबका अध्यक्ष अमर थापाले बताए।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?