‘मुन्द्रेको कमेडी क्लब’फेरि प्रसारण हुँदै

काठमाडौं : नेपाल टेलिभिजनमा दुई वर्षभन्दा बढी समय प्रसारण भएको चर्चित कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ केही समय अगाडि बन्द भयो । यो शोका होस्ट जीतु नेपाल र निर्माण कम्पनीबीचको असमझदारी र कलाकारबीचको तिक्तता आदिका कारण शो बन्द भएको थियो ।

बन्द भएका शो केही समयपछि  यसलाई नयाँ तरिकाले प्रसारण गर्ने तयारी गरिएको छ । यो शोलाई जीतु नेपालले नै होस्ट गर्नेछन् । शोको नाम पनि ‘मुन्द्रेको कमेडी क्लब’ नै राखिएकोे छ । यो शोलाई अब दिनेश डीसीले निर्देशन गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?