काठमाडौं : नेपाली कांग्रेसको खुला मधेसी केन्द्रीय सदस्य पदमा उम्मेदवार दिएका अर्बपति उद्योगपति विनोद चौधरी विजयी भएका छन् ।
अर्बपति चौधरीले आफ्नो सामाजिक संजाल मार्फत विज्ञप्ति निकाल्दै भनेको छ “नेपाली कांग्रेसको १४ औं महाधिवेशन बाट मलाई केन्द्रीय सदस्य पदमा निर्वाचित गर्नुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यु प्रति विशेष आभार प्रकट गर्दछु l यस प्रकृयामा विभिन्न तवरबाट सहयोग गर्नुहुने महानुभावहरु, पत्रकार लगायत सम्पूर्ण शुभेच्छुकहरु प्रति हार्दिक नमन ।”
यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?