
दमौली : व्यास नगरपालिकाले १४ खोप केन्द्रबाट विद्यार्थीलाई कोरोना विरुद्धको मोडर्ना खोप लगाउने भएको छ ।
१४ वटै वडाका १२ वर्षदेखि १७ वर्षसम्मका विद्यार्थीलाई पुस ८ गतेदेखि पहिलो मात्राको खोप लगाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।
विद्यालयमै तोकिएको खोप केन्द्रबाट नगरपालिका अन्तर्गतका विद्यालयमा अध्ययनरत करिब १० हजार २ सय ४३ विद्यार्थीलाई मोडर्ना खोप लगाउन लागिएको हो । नगरपालिकाले सबै खोप केन्द्रमा स्वास्थ्यकर्मी तोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?