दमौली : तनहुँको ऋषिङ गाउँपालिका–३ दुभुङ स्थित वडा कार्यालय नजिकैको सार्वजानिक जग्गामा चिया खेती सुरु गरिएको छ । दुभुङ भालेथुम्की स्थित एक सय रोपनी सार्वजानिक जग्गाको केही भागमा विहिबार चियाखेती शुभारम्भ गरिएको हो ।
चियाका लागि उपयुक्त हावापानी रहेको रोपनी सार्वजानिक जग्गामा १५ सय चियाको विरुवा रोपिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।
सो कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले दुभुङमा चियाखेतीको लागि उपयुक्त हावापानी भएको हुँदा चियाखेतीलाई थप विस्तार गरिने बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिनु थापा, वडा नम्बर ३ का वडा अध्यक्ष भिमबहादुर थापा र सदस्यहरु, नेपाली काँग्रेसका जिल्ला सदस्य मोहन गिरी, नेकपा एमालेका नेता कविराज श्रेष्ठ, स्थानीय शान्ति माविका शिक्षक तथा विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?