दमौली : तनहुँमा डेंगी संक्रमण बढ्दै गएको छ । शुक्रबारसम्म जिल्लाका छ स्थानीय तहका एक हजार ८२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकामा डेंगी संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म भानु नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकामा भने संक्रमित फेला परेका छैनन् ।
आँबुखैरेनी गाउँपालिका सय १३ , व्यास नगरपालिकाका ८७, शुक्लागण्डकी नगरपालिकाका एक सय २०, भिमाद नगरपालिकाका चार, म्याग्दे गाउँपालिकाका सात र बन्दीपुर गाउँपालिकाका ५१ जनामा डेंगी पुष्टि भएको छ ।
जिल्लास्थित सरकारी अस्पताल र निजी क्लिनिकमा गरिएको परीक्षणअनुसार उनीहरुमा डेंगी पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?