राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

काठमाडौं : निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्ति  अनुसार प्रदेश–१ का लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल, प्रदेश-२ को लागि धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल र बागमती प्रदेशको लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ निर्वाचन अधिकृत नियुक्त भएका छन् ।

त्यस्तै, लुम्बिनी प्रदेशको लागि दाङ जिल्ला अदालतका न्यायाधीश रीतेन्द्र थापा, कर्णाली प्रदेशको लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्य र सुदूरपश्चिम प्रदेशको लागि कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरु निर्वाचन अधिकृत नियुक्त भएका आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?