दमौली केशबटार समाजद्वारा ११ महिने मुटु रोगी बालिका सबिना थापालाई सहयोग रकम हस्तान्तरण

तनहुँ: व्यास नगरपालिका वडा नं १४ अन्तर्गत दमौली केशबटार समाजद्वारा ११ महिने बालिका सबिना थापालाई उपचारको लागि आज सहयोग रकम हस्तान्तरण गरेको छ।

व्यास -१४ स्थित हर्कपुर टोलमा बस्ने तोरण थापाको छोरी बर्ष ११ महिनाकि सबिना थापाको मुटु सम्बन्धि रोग साथै अप्राकृतिक मलद्वार र यौन अंग संगै जोडिएको थापालाई उपचारको लागि युवराज आलेको संयोजकत्वमा सहयोग रकम रु ४८ हजार ९ सय १५ रुपैयाँ हस्तान्तरण भएको हो ।

उक्त कार्यक्रममा व्यास -१४ का वडा अध्यक्ष काजीमान श्रेष्ठ, केशवटार म.बि का पुर्ब प्र.अ दुर्गा बहादुर आले लगाएत दमौली केशवटार समाजका सदस्यहरुको उपस्थितिमा सहयोग रकम हस्तान्तरण भएको थियो। वडा अध्यक्ष श्रेष्ठले युवाहरुको यो सहयोग अभियानमा आफू जोडिन पाउँदा खुसी रहेको बताए ।साथै युवाहरुको यो अभियानले साच्चै नै सरहनीय काम गरेको र अगमी दिनहरूमा पनि निरन्तर रहनेमा बिश्वास व्यक्त गरेका थिए। त्यस्तै अभियानका समंयोजक आलेले अभियानमा साथ दिने सम्पूर्ण साथीहरूलाई धन्यवाद दिए । अगमी दिनहरूमा यो अभियानले निरन्तरता पाउने भन्दै थप अरु बिरामीगरुको लागि पनि सहयोग गर्ने बताएका छन।

बिरामी बालिकाको काठमाडौं स्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचार गराईरहेको उनका बुवा तोरण थापाले जानकरी दिएका छन् । उनले भने,छोरीको मुटु सम्बधि रोगको उपचार निशुल्क भईरहेको छ । यसको अलवा अप्राकृतिक मलद्वार र यौन अंग संगै जोडिएकोछ तेस्को लागि पनि थप उपचार गर्नुपर्ने साथै उपचार खर्च कति लाग्छ एकिन छैन,साथी भाईलाई कुरा सेयर गर्नसाथ सहयोग गर्न बचनबद्धता भए मुतबिक सहयोग गरेकोमा आफु निकै खुशी रहेको बताए ।

 सबिना थापा बचाउ अभियानलाई साथ दिंदै नेपाल तरुण दल ।

नेपाल तरुण दल व्यास -१४ द्वारा सबिना थापा बचाउ अभियानलाई साथ दिंदै आज ५ हजार रुपैयाँ सहयोग गरेको छ ।

नेपाल तरुण दल ब्यास १४ का अध्यक्ष कर्ण सिं थापा र सचीव दल बहादुर थापाले उक्त सहयोग रकम सबिना थापाको बुबा तोरण थापालाई हस्तान्तरण गरेका हुन।

एक पछि अर्को गर्दै सामाजिक काममा निरन्तरता दिंदै व्यास-१४ का युवाहरु:

 दमौली केशबटार समाजमा व्यास नगरपालिका वडा नं १४ केशवटारका युवाहरु छन् । युवाहरुले विभिन्न सामाजिक काममा निकै अगाडी र चासोका साथ काम गर्दै समाजमा दुख: पिडामा रहेका र घरको आर्थिक अवस्था नाजुक भएका दीर्घ रोगिहरुलाई सहयोग जुटाउदै आईरहेका छन् । जसको संयोजक युवाराज आले हुन् भने तेस्मा व्यास-१४ युवाहरु निकै सक्रियता साथ युवा जमात जुटीरहेका छन् ।

 

समाजको पहलमा यस अघि पनि मिर्गौला पिडित सन्तोष रानालाई उपचारको लागि ३१ लाख भन्दा बढी रकम संकलन गरि हस्तान्तरण गरिएको थियो । काम यतिमा सिमित नभईकन अर्का मिर्गौला पिडित मेगीसरा थापालाई पनि उपचारको लागि दुई लाख १२ हजार ८० रुपैयाँ हस्तान्तरण गरिसकेको संयोजक युवाराज आले दमौली अनलाईनलाई जानकरी दिएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?