एमाले तनहुँको जिल्ला अधिवेशन पौष २३ गते हुने

दमौली : नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले आगामी पौष २३ गते जिल्ला अधिवेशन गर्ने भएको छ । चितवनमा सम्पन्न दशौं महाधिवेशनपछि काठमाडौंमा बसेको केन्द्रीय बैठकले सबै जिल्ला र प्रदेशको अधिवेशन गर्ने मिति तोकेको छ ।

एमाले तनहुँको गत शनिबार दमौलीमा सम्पन्न बैठकले पुस २३ गते अधिवेशन गर्ने गरी आवश्यक तयारी थाल्ने निर्णय गरेको जिल्ला अध्यक्ष केदार सिग्देलले जानकारी दिए।

यस्तै, सोही बैठकले एमाले तनहँको कार्यवहाक सचिवको जिम्मेवारी उपसचिव विष्णुभक्त सिग्देललाई दिने निर्णय गरेको छ । सचिव भवगती न्यौपाने केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सिग्देललाई कार्यवहाक सचिवको जिम्मेवारी दिइएको पार्टी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?