दमौली : तनहुँको ऋषिङ गाउँपालिका वडा नं ७ मा कोटदरबार स्वास्थ्य चौकी भवनको एक कार्यक्रमका शिलान्यास गरिएको छ ।
मंगलवार प्रतिनिधि सभाका सदस्य शंकर भण्डारीले कोटदरबारमा भवनको शिलान्यास गरेका हुन् ।
भवनको शिलान्यास गर्दै संसद भण्डारीले कोटदरबार स्वास्थ्य चौकीले यस क्षेत्रका समुदायको लागि फाइदा पुग्नेमा जोड दिए। उनले यस स्वास्थ्य चौकी निर्माण समयमै सकाउन समेत निर्देशन दिएका छन् ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्ष गिनु थापा मगर, स्थानीय बासिन्दा, स्वास्थ्यकर्मीहरु, जनप्रतिनिधिहरु उपस्थित रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?