दमौली : नेपाली कांग्रेसका महासमिति सदस्य महमद जबरदिन मिया (मुन्ना) ले व्यास नगरपालिका-९ स्याकुन्थोक स्थित लक्ष्मी आधारभूत विद्यालयलाई पंखा प्रदान गरेका छन् । महासमिति सदस्य मियाले शनिबार विद्यालयमै पुगेर पाँच थान पंखा हस्तान्तरण गरेका हुन् ।
बिद्यालयमा पंखा नहुँदा बालबालिकाको पढाइमा समस्या हुने गरेको गुनासो आएपछि आफुले पंखा सहयोग गरेको मियाले बताए । विद्यालयमा पाँच वटा कोठामा पंखा नहुँदा बालबालिकालाई पढ्न समस्या भएको गुनासो समितिका सदस्यबाट आएको थियो । त्यसपछि विद्यालयलाई पंखा सहयोग हरेको हुँ । अझैपनि विद्यालयमा केही आवश्यक सामाग्रीको अभाव भएमा सहयोग गर्न आफु तयार रहेको उनले बताए ।
गर्मीको समयमा टिन तात्ने समस्याले बालबालिकाको पढाईमा समेत ध्यान नहुँदा विद्यालयले दाताको खोजी गरेको थियो । त्यसपछि मियाले सहयोग गरेका हुन् ।
विद्यालयमा हाल ७१ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक राजेन्द्र आचार्यले बताए । विद्यालयमा अध्ययनरत ७१ मध्ये चेपाङ विद्यार्थी मात्रै २१ जना रहेका छन्, उनले भने ।
जिल्ला समन्वय समिति तनहुँका पुर्व प्रबक्ता एबम कांग्रेस जिल्ला सदस्य गल गुरुङले अति सिमान्तकृत बालबालिका पनि विद्यालयमै अध्ययन गर्दै आइरहेकोले उनिहरुलाई नियमित गराउन पंखाले सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । गर्मीको समयमा पठनपाठनमा समस्या हुँदा विद्यार्थी अनुपस्थित हुन सक्छन् पंखा भएपछि नियमित हुन सहयोग पुग्नेछ, उनले भने ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बुद्ध सिं गुरुङले सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे ।अभिभावक संघका अध्यक्ष रघु बहादुर केसी,
सदस्य बाबुराम खनाल, प्रधानाध्यापक राजेन्द्र आचार्य, शिक्षक स्थानीय लगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?