दमौली:नेपाली काङ्ग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य शङ्कर भण्डारीले केही समय भित्र तीन तहको निर्वाचन हुने हुँदा निर्वाचनमा कांग्रेसलाई जित्ने कुरामा बिश्वाश रहेको बन्दै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई एकताबद्ध तरिकाले लाग्न आग्रह गरेका छन् ।
शनिबार जिल्लाको देवघाट गाउँपालिका वडा नं ३ छिपछिपेमा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य भण्डारीलेपार्टीलाई नयाँ ढंगले अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए ।मुलुक र मुलुकबासीको भविष्य नेपाली कांग्रेसको हातमा रहेको हुँदा जनताले आगामी तीन तहको निर्वाचनमा कांग्रेसलाई साथ दिन समेत नवप्रवेशी कार्यकर्ताहरु सँग आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आले ,उपसभापतिद्धय देवकुमार श्रेष्ठ र राजेन्द्र्रकृष्ण श्रेष्ठ ,सचिवद्धय सहदेव अधिकारी र लक्ष्मीभक्त खनाल , संविधान सभा सदस्य झुलबहादुर आले ,पूर्व जिल्ला सचिव विश्व वास्तोला , क्षेत्र नं १ प्रदेश ख का सभापति काजीमान श्रेष्ठ लगायतले बोलेका थिए ।
नेपाली कांग्रेसकाको छिपछिपे को कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ६० जना कांग्रेसमा प्रवेश गरेका छन् ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?