दमौली : नवजात शिशु र आमा दुवैको स्वास्थ्य स्याहार र सुरक्षाको लागि तनहुँको एक पालिकाले गर्भवती महिलालाई पोषण भत्ता सुविधा उपलब्ध गराउन थालेको छ । यस्तो सुविधा दिनेमा व्यास नगरपालिका रहेको छ ।
सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन र सुत्केरी सेवा लिन आकर्षित गर्न सुत्केरीलाई पोषण भत्ता दिईएको नगरपालिकाले जनाएको छ । नगरपालिका अनुसार गर्भवती महिलाको स्वास्थ परिक्षण नगर्दा र घरमै बच्चा जन्माउँदा आमा र शिशु दुवैको स्वास्थ्य समस्या पर्ने भएकोले यसको अन्त्यको लागि भत्ता उपलब्ध गराउन थालिएको हो ।
‘महिलासँग उपमेयर कार्यक्रम’ अन्तर्गत पोषण भक्ता उपलब्ध गराउन थालिएको हो । नगर पालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा जाँच तथा सुत्केरी सेवा लिनेलाई पोषणबापत भत्ता दिईएको हो । नगरपालिकाले गर्भवतीलाई पोषणबापत जनही रु. पाँच हजारका दरले भत्ता वितरण गरेको छ । भत्ता वितरण कार्यक्रमको आइतबार शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलेले आमा र शिशु दुवैको स्वास्थ्य सुरक्षाको लागि नगरपालिकाले प्राथमिकता दिएइको बताए।
नगर प्रमुख न्यौपानेले नगरपालिकाको आर्थिक सहयोगमा दमौली अस्पतालमा सुत्केरी महिलाको अप्रेसन सेवालाई निरन्तर दिनका लागि गाइनोलोजिष्ट र एनेस्थेसिस्ट गरी दुई जना चिकित्सकलाई पारिश्रमिक उपलब्ध गराईएको जानकारी दिए ।
त्यसैगरी सुत्केरी हुने महिलालाई अस्पताल लैजान र घरमा पु¥याउन निशुल्क एम्बुलेन्स सुविधा प्रदान गरिएको न्यौपानेले बताए । स्वास्थ्य संस्थामा जाँच गरेको मातृसेवा कार्डको आधारमा गर्भवतीलाई भत्ता वितरण गरिने नगरपालिकाले जनाएको छ ।
गर्भवतीलाई समय–समयमा गर्भ जाँच गरी शिशु मृत्युदर न्यूनीकरणमा प्रोत्साहित गर्ने उद्देश्यले प्रोत्साहन पोषण रकम दिईएको उपप्रमुख इन्दिरा दरैले बताइन् ।
पोषण प्रोत्साहन रकम प्रदान गरी गर्भावस्थामा कुपोषण हुनबाट बचाउन तथा प्रोटोकलअनुसार गर्भवती जाँच गर्न प्रोत्साहन गर्ने उद्देश्यले गर्भवती पोषण कार्यक्रमअन्तर्गत हातमै नगद रकम प्रदान गरिएको दरैले जानकारी दिइन् । दरैले भने, ‘घरमा सुत्केरी गराउँदा पोषणको कमी हुँदा आमा र शिशुको स्वास्थ्यमा असर पर्ने भएकोले सचेतनाको लागि कार्यक्रम सञ्चालन गरेका हौं ।’ नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा प्रोटोकलअनुसार नियमित गर्भ जाँच गर्ने गर्भवतीलाई भत्ता वितरण गरिनेछ ।
नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीन पटक (४, ६ र ८ महिना) गर्भवती महिलालाई आठ महिनामा मातृ शिशुकार्डको आधारमा रु. पाँच हजार वितरण गरिने महिला शाखा प्रमुख राधा आचार्यले जानकारी दिनुभयो । यस कार्यक्रमको लागि चालु आर्थिक वर्षमा दश लाख रुपियाँ विनियोजन गरिएको हाल सम्म ७१ जनाले सुविधा पाएको उहाँले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?