तनहुँको भानुमा पाँचौ अर्चले फुटबल कप हुने

दमौली : तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं १२ स्थित श्री अर्चले युवा क्लबद्धारा वार्षिक रुपमा आयोजना हुदै आएको प्रसिद्ध “अर्चले फुटबल कप–२०७८” को पाँचौं संस्करणको आयोजना मिति आज सार्वजनिक गरेको  छ ।

“युवाहरु बीच आपसी सद्भाव, समन्वय, सहकार्य र पारस्परिक एकता– सभ्य स्वच्छ, स्वस्थ समाज निर्माणको निमित्त आजको आवश्यकता” भन्ने मुल नाराका साथ पाँचौं अर्चले फुटबल कप–२०७८ यही आगामी माघ १५ गते शनिबारका दिन उद्घाट्न गरी माघ २४ गते समापन गरिने कार्यतालिका सार्वजनिक गरिएको प्रतियोगिता आयोजना मुल समारोह समितिका संयोजक सुदिप के.सी.ले जानकारी दिए । समाजका विभिन्न क्षेत्रमा छरिएर रहेका खेल प्रतिभाले भरिपूर्ण खेलाडीहरुलाई एकिकृत गर्दै स्वच्छ, स्वस्थ एवं मैत्रीपूर्ण खेल प्रदर्शन गराउने उद्देश्यका साथ अर्चले युवा क्लबले स्थापना कालदेखि नै विभिन्न प्रकारका खेलकुद कार्यक्रमहरु संचालन गर्दै आएको क्लबका अध्यक्ष कृष्ण बहादुर गुरुङ बताए ।

प्रतियोगितामा प्रथम हुने समूहले कप, प्रमाणपत्र (खेलाडी) , प्रशंसा पत्र (क्लब), मेडलको साथमा नगद १ लाख १ हजार १ सय ११ रुपैया , द्धितीय हुने समूहले प्रमाणपत्र (खेलाडी), प्रशंसा पत्र (क्लब), मेडलको साथमा नगद ५५ हजार ५ सय ५५ रुपैयाँ ,उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक, हरेक खेलको उत्कृष्ट खेलाडी र अनुशासित समूहलाइ समेत पुरस्कारको व्यवस्था गरिएको र सहभागी हुने सम्पूर्ण समूहहरुलाई प्रशंसा पत्र प्रदान गरिने जानकारी क्लबका अध्यक्ष गुरुङ्गले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?