दमौली : लियो क्लव अफ तनहुँले कारागारको चमेना गृह सुधारका लागि टायल्स सहयोग गरेको छ ।
सामजिक उत्तरदायित्व अन्तर्गत कारागारलाई सहयोग गरेको क्लबका सचिव मुकेश बिडारीले जानकारी दिए।
बिहीबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सांसद अशोककुमार श्रेष्ठले कारागार प्रमुख नारायणप्रसाद अधिकारीलाई टायल्स हस्तान्तरण गरे ।
कोषाध्यक्ष प्रकाश गुप्ताको पहलमा कारागारमा टायल्स हस्तान्तरण गरिएको हो।
उक्त कार्यक्रममा व्यास -३ का वडाध्यक्ष अनुप राना मगर, क्लबका उपाध्यक्ष रोबिन श्रेष्ठ लगायत उपस्थित रहेको थियो।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?