तनहुँमा दुई हजार ६ सय जनामा डेंगी संक्रमण

दमौली : तनहुँमा डेंगी संक्रमण बढ्दै गएको छ । बिहीबारसम्म जिल्लाका ९ स्थानीय तहका दुई हजार ६ सय ९८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका र भिमाद नगरपालिकामा डेंगी संक्रमण पुष्टि भएको छ ।

ऋषिङ गाउँपालिका म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिका आँबुखैरनी गाउँपालिकामा र देवघाट गाउँपालिकामा डेंगी संक्रमण पुष्टि भएको छ । अहिलेसम्म घिरिङ गाउँपालिकामा भने संक्रमित फेला परेका छैनन् ।

आँबुखैरेनी गाउँपालिका एक हजार चार सय ३४ , व्यास नगरपालिकाका छ सय ८४, शुक्लागण्डकी नगरपालिकाका तीन सय ५६ , भिमाद नगरपालिकाका १४ , म्याग्दे गाउँपालिकाका ३० र बन्दीपुर गाउँपालिकाका एक सय जनामा डेंगी पुष्टि भएको छ ।

देवघाट गाउँपालिकामा १३, भानु नगरपालिका ३६, ऋषिङ गाउँपालिका तीन र अन्य जिल्लावाट उपचार गर्नका आएको संख्या १३ रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

जिल्लास्थित सरकारी अस्पताल र निजी क्लिनिकमा गरिएको परीक्षणअनुसार उनीहरुमा डेंगी पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?