तनहुँको  हाइस्कुलटारमा ३ दिने खेलकुद तथा सास्कृतिक मेला हुने

दमौली: तनहुँको व्यास -१ मा रहेको हाइस्कुलटारमा यहि पौष १५ देखि १७ गते सम्म ३ दिने खेलकुद तथा सास्कृतिक मेला आयोजन गर्ने भएको छ । नवयुवा क्लबले स्थानीयस्तरमा उत्पादित कृषि , फलफुल लाई हाट बजार रुपमा विकसित गराउने र कला संस्कृतिको सरक्षण गर्ने  लक्ष्यका साथ सो मेलाको आयोजना गरिएको क्लबका अध्यक्ष सनम तामाङले बताए ।

मेलामा स्थानीय कलाकारको प्रस्तुति , भलिबल , महिलाको लागि घैटो फुटाइ , पुरुषको लागि डोरि तान्ने र बालबालिकाको खेल र विद्यालयस्तरीय नृत्य प्रतियोगिता राखिएको छ । सो मेलामा राष्ट्रिय कलाकार प्रीति आले, राम्जी खाँड र पशुपति शर्माको समेत प्रस्तुती हुने क्लबका अध्यक्ष तामाङले जानकारी दिए । करिब ८ लाख खर्च लाग्ने अनुमान गरिएको मेलाका लागि वैदेशिक रोजगारमा रहेका क्लबका सदस्यहरु, टोल विकास सस्था , विभिन्न सघ सस्था, स्थानीय व्यक्ति , व्यापारिक संघ सस्थाहरुले आर्थिक सहयोग गरेका छन् ।

झाकी र्याली समेत प्रस्तुत गरिनेछ करिब  १० हजार जनाले मेलाको अवलोकन गर्ने आयोजकले बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?