दमौली : तनहुँको ऋषिङ गाउँपालिका वडा नं ७ स्थित ऋषिङ्ग युवा कल्याण क्लबले दशै लक्षित राहत तथा सहयोग कार्यक्रम अन्तरगत आफ्नो सदस्यहरुलाई दशै राहत संचालन गरेको छ ।
सामाजिक उत्तर दायित्व अन्तरगत क्लबले निम्न आय भएका सदस्यहरुलाई दशैमा राहत उपलब्ध गराएको क्लबका अध्यक्ष लाल बहादुर आलेले बताए ।
उनका अनुसार प्रती परिवार २ हजार ७ सय बराबरको खाद्यान्नको प्याकेज अनुसार १३ घर परिवारलाई करिब ३५ हजार बराबरको खाद्यान्न बितरण गरेको हो ।
देउसी भैलो तथा बैदेशिक रोजगारमा रहेका युवाहरुले गर्ने सहयोग बाट संकलित रकमको व्याजबाट प्राप्त हुने रकम बाट क्लबले बिपन्न , उपचार गर्न नसकेका विरामीहरुलाई सहयोग गर्ने गरेको बताइएको छ।
क्लबले यस अघि आफ्नो कार्यक्षेत्र रहेको स्थानभित्र भबितब्य रुपमा हुने मृत्युकर्मको शबयात्रामा परिवारबाट नगद माला लगाईदिँदा बिपन्न परिवारमा पर्न सक्ने हिनताबोधका कारण उक्त कार्य पुर्ण रुपमा बन्देज गराउँदै एक उदाहरणिय सामाजिक कार्य गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?