बाढीपहिरो प्रभावित धादिङ र काभ्रेका सीडीओलाई गृहमन्त्रालय तानियो

काठमाडौं : गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ ।

धादिङमा गृह मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई र काभ्रेमा उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

यसअघि धादिङमा राजेन्द्रदेव पाण्डे र काभ्रेमा सूर्य प्रसाद सेढाइँ प्रमुख जिल्ला अधिकारी थिए ।

उनीहरुलाई गृहमन्त्रालयमा तानिएको छ । धादिङका एसपी गौतम केसीलाई समेत हेडक्वाटर तानिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?