दमौली : तनहुँमा डेंगी संक्रमण बढ्दै गएको छ । मंगलवारसम्म जिल्लाका १० स्थानीय तहका तीन हजार चार जनामा डेंगी संक्रमण पुष्टि भएको छ
जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका र भिमाद नगरपालिकामा डेंगी संक्रमण पुष्टि भएको छ ।
ऋषिङ गाउँपालिका म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिका आँबुखैरनी गाउँपालिकामा, देवघाट गाउँपालिका र घिरिङ गाउँपालिकामा डेंगी संक्रमण पुष्टि भएको छ ।
तनहुँका संक्रमित मध्ये सबैभन्दा धरै आबुँखैरेनी गाउँपालिकामा रहेका छन् ।
आँबुखैरेनी गाउँपालिका एक हजार चार सय ४१, व्यास नगरपालिकाका ८ सय ८८, शुक्लागण्डकी नगरपालिकाका तीन सय ९२, भिमाद नगरपालिकाका २२, म्याग्दे गाउँपालिकाका ३० र बन्दीपुर गाउँपालिकाका एक सय ३७ जनामा डेंगी पुष्टि भएको छ ।
देवघाट गाउँपालिकामा ३७, भानु नगरपालिका ३७, ऋषिङ गाउँपालिका तीन, घिरिङ गाउँपालिकामा तीन र अन्य जिल्लावाट उपचार गर्नका आएको संख्या १४ रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
जिल्लास्थित सरकारी अस्पताल र निजी क्लिनिकमा गरिएको परीक्षणअनुसार उनीहरुमा डेंगी पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?