दमौली : तनहुँको व्यास नगरपालिका -१ गल्बुवेशीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुने ७ बर्षिय बालक सविन कुमाल रहेका छन् ।
आफ्नै दिदीसँग विद्यालय जाँदै गरेका कुमाललाई ग १ त ७०३१ नम्बरको ट्याक्टरले ठक्कर दिदाँ मृत्यु भएको हो ।
घाइते बालक कुमाललाई उपचारका लागि अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका स्थानीयले जानकारी दिए।
मृतक बालक गल्बुवेशी स्थित तनहुँ ज्ञानगंगा बोर्डिङ स्कुलमा अध्ययनरत गर्दै आइरहेका थिए।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?