रक क्लाइम्बिङ महोत्सव;पञ्चमाया र दिपनले जिते उपाधी

 दमौली :तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका विमलनगर रहेकोचुनपहरामा भएको रकक्लाइम्बिङ प्रतियोगिताको उपाधि दिपेन गुरुङ र पञ्चमाया तामाङले जितेका छन् । पहिलो रक क्लाइम्बिङ महोत्सव अन्तर्गतको प्रतियोगितामा पुरुषतर्फ गुरुङ र महिलातर्फ तामाङले उपाधि जित्न सफल भएका हुन् ।

उनिहरुले उपाधि संगै जनही ५० हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नुका साथै एक बर्ष सम्मका लागि रक क्लाइम्बिङको निशुल्क तालिम लिने अवसर प्राप्त गरेको छ । पुरुषतर्फ सुलभ राई दोस्रो र तेन्जिङ राई तेस्रो भएका छन् । महिलातर्फ रुषा प्रधान र जापनकी सवा सुचिता तेस्रो भईन् ।

दोस्रो हुनेले जनही २० हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पाएका छन् । छ महिनाका लागि रक क्लाइम्बिङको निशुल्क तालिमको अवसर दोस्रो हुनेलाई छ । तेस्रो हुनेले जनही १० हजार रुपैयाँ, मेडल, प्रमाणपत्रसँगै तीन महिनाका लागि रक क्लाइम्बिङको निशुल्क तालिमको अवसर प्राप्त गरेका छन् । रक क्लाइम्बिङ प्रतियोगितामा दुई विदेशी सहित ३८ जना प्रतिष्पर्धीले सहभागिता जनाएका थिए । महिला विधातर्फ १५ जनाको सहभागिता रहेको थियो ।

नेपाल पर्यटन बोर्ड, बन्दीपुर गाउँपालिका र गण्डकी अल्पाइन क्लबको आयोजनामा रक क्लाइम्बिङ महोत्सव भएको हो । शुक्रबारदेखि महोत्सव सुरु भएको हो । सोमबारसम्म चल्ने भनिएपनि आइतबार नै महोत्सव सकिएको छ ।पृथ्वी राजमार्गलाई चार लेनको बनाउँदा विमलनगरको चुनपहरा भत्कने सक्ने आशंका गर्दै जोगाउन दबाब दिने उदेश्यले रक क्लाइम्बिङ महोत्सव गरेको गण्डकी अल्पाइन क्लबका अध्यक्ष नरेन्द्र शाही ठकुरीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?